निर्वाचन आयुक्तद्वारा सबै राजनीतिक दल, मतदाता, कर्मचारी र सुरक्षाकर्मीलाई निर्वाचनमा सहभागी हुन आग्रह
कास्की,बैशाख १७ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन आयोग साझा संवैधानिक निकाय भएकाले यसको निष्पक्षतामा शंका नगर्न आग्रह गर्नुभएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोग प्रतिबद्ध रहेको भन्दै उहाँले सबै राजनीतिक दल, मतदाता, कर्मचारी र सुरक्षाकर्मीलाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । जिल्ला निर्वाचन कार्यालय कास्कीले गरेको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त उप्रेतीले आगामी संविधानसभाको निर्वाचनमा करिब एक करोड ५४ लाख मतदाताले मतदान गर्ने जानकारी दिनुभयो । उहाँले देशका गाउँबस्तीमा निर्वाचनको माहोल सुरु भइसकेको भन्दै सबै राजनीतिक दलहरूलाई निर्वाचनको तयारीमा जुटन पनि आग्रह गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त उप्रेतीले सरकारले केही दिनपछि निर्वाचनको मिति तोक्ने पनि जानकारी दिनुभयो ।
No comments:
Post a Comment