BINDU SEX VIDEO

Tuesday, 30 April 2013

मधेसी जनताको भावना काँग्रेसले मात्रै बुझ्न सक्ने : शेरबहादुर देउवा


deubaकाठमाडौं,बैशाख १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मधेसी जनताको भावना काँग्रेसलेमात्रै बुझ्न सक्ने बताउनुभएको छ। बाराको कलैयामा आयोजीत सभालाई सम्बोधन गर्दै नेता देउवाले काँग्रेसको जन्म मधेशमै भएकाले आफनो पार्टीले काँग्रेसको भावना राम्रोसंग बुझेको बताउनुभयो। उहाँले मधेसवादी दलले मधेसको खोल ओढेर मधेसी जनतालँई धोका दिएको आरोप लगाउनुभयो।
वर्तमान सरकारले चुनाव गराउनेमा शंका नगर्न आग्रह गर्दै देउवाले चुनावपछि कांग्रेस ठूलो पार्टी बन्ने र सबैका समस्या समाधान हुने दाबी गर्नुभयो। विगतमा आफनो पार्टीले अन्य कुरामा ध्यान दिदा मधेशका मुद्दा ओझेलमा परेको स्वीकार्दै देउवाले अब गल्ती नदोहोर्‍याउने प्र्रिितबद्धता गर्नुभयो। कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री बिमलेन्द्र निधीले नयाँ संबिधानले नै सबै समस्याको समाधान गर्ने भएकोले त्यसका लागि निर्वाचनको विकल्प नभएको दाबी गर्नुभयो।

No comments:

Post a Comment