बालिका होस् वा किशोरी घर भित्र्याएर जबरजस्ती सिन्दूर हालेर श्रीमती बनाउने चलन बढ्न थालेपछि कुमाल समुदायको परम्पराविरुद्ध प्रहरीले निगरानी बढाएको छ। जबरजस्ती बालविवाह गराएको आरोपमा धादिङ प्रहरीले बालिका विवाह गर्ने युवकसहित तीन जनालाई पक्राउ गरेको छ।
कुमाल समुदायमा बालविवाहलाई सामान्य मानिए पनि प्रचलित कानुनमा बालविवाहलाई अपराध मानिएको छ। चितवन पिठुवा- ९ बस्ने श्यामबहादुर कुमालकी १४ वर्षीया छोरी तुलसीलाई झुक्याएर विवाह गरिदिएको आरोपमा धादिङको मैदी- ९ का सुदिप कुमाल, मीनबहादुर कुमाल र तिलबहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको हो।
मंसिर ६ गते धादिङको मैदी - ९ बस्ने ३० वर्षीया कमला कुमालले १४ वर्षीया तुलसी कुमाललाई ललाई फकाई गरी सोही ठाउँका १९ वर्षीय सुदीप कुमालसँग जबरजस्ती विवाह गरिदिएको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
बालविवाह गर्ने सुदीप कुमाल, ललाई-फकाई बालविवाह गराउने मीनबहादुर र तिलबहादुर कुमाल तत्काल पक्राउ परे पनि फरार रहेकी कमलाको खोजी भैरहेको प्रहरीले जनाएको छ। बालिकालाई घरायसी कामदारका रूपमा काममा लगाइदिने भन्दै चितवनबाट धादिङबेसी हुँदै मैदी पुर्याएर जबरजस्ती विवाह गराइदिएपछि बालिकाले उक्त विवाहमा आफ्नो सहमति नरहेको बताएकी छिन्।
पक्राउ परेकाहरूविरुद्ध वालविवाह मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान सुरु गरिएको र अन्य फरार प्रतिवादीहरूको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ। कुमाल समुदायको बाक्लो बसोबास रहेको मैदी गाविसको पिपलटारमा अहिलेसम्म पनि उमेर नपुगेकी किशोरीलाई जबरजस्ती श्रीमती बनाउने चलन कायम छ।
कुमाल समुदायमा बालविवाहलाई सामान्य मानिए पनि प्रचलित कानुनमा बालविवाहलाई अपराध मानिएको छ। चितवन पिठुवा- ९ बस्ने श्यामबहादुर कुमालकी १४ वर्षीया छोरी तुलसीलाई झुक्याएर विवाह गरिदिएको आरोपमा धादिङको मैदी- ९ का सुदिप कुमाल, मीनबहादुर कुमाल र तिलबहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको हो।
मंसिर ६ गते धादिङको मैदी - ९ बस्ने ३० वर्षीया कमला कुमालले १४ वर्षीया तुलसी कुमाललाई ललाई फकाई गरी सोही ठाउँका १९ वर्षीय सुदीप कुमालसँग जबरजस्ती विवाह गरिदिएको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
बालविवाह गर्ने सुदीप कुमाल, ललाई-फकाई बालविवाह गराउने मीनबहादुर र तिलबहादुर कुमाल तत्काल पक्राउ परे पनि फरार रहेकी कमलाको खोजी भैरहेको प्रहरीले जनाएको छ। बालिकालाई घरायसी कामदारका रूपमा काममा लगाइदिने भन्दै चितवनबाट धादिङबेसी हुँदै मैदी पुर्याएर जबरजस्ती विवाह गराइदिएपछि बालिकाले उक्त विवाहमा आफ्नो सहमति नरहेको बताएकी छिन्।

No comments:
Post a Comment