'नोटबुक'को रिलिजपछि वैशाखभर फुर्सदमा रहेकी नीताले जेठदेखि नयाँ सिनेमामा हात हाल्दैछिन् । नीताले आफ्नो नयाँ फिल्मबारे थप केही बताउन चाहिनन् तर त्यसमा आफू बोल्ड हुने भने बारम्बार दोहोर्याइन् ।
नयाँ निर्देशकको सिनेमामा खेल्न लागेको नीताको भनाइ छ । ती निर्देशकको नाम नखुलाएपनि सिनेमा राजनीतिक विषयवस्तुमा केन्दि्रत रहने उनले सुनाइन् । अनावश्यक गन्थन मात्रै भरिएको 'नोटबुक' थन्काएर नीता किन बोल्ड बन्न लागेकी हुन् ?
कतै सिनेमा चलाउन बोल्ड दृश्य दिनै पर्ने गलत प्रवृत्तिको सिकार भएकी त होइनन्, उनी ? अमूर्त बोल्ड भूमिकाबारे नीताले प्रस्ट्याइनन् । चाहिनेभन्दा बढी बोल्ड बन्दा नायिका सुष्मा कार्की बजारबाटै हराएको धेरै भएको छैन भन्ने हेक्का नीताले पनि राख्ने कि ?
No comments:
Post a Comment