BINDU SEX VIDEO

Wednesday, 8 May 2013

म राप्रपा फुटाउँदिन : चन्द


२५ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले आफूले पार्टी फुटाउन लागेको भन्ने हल्ला निराधार भएको बताउनुभएको छ । चन्द र देवकोटा मिलेर नयाँ पार्टी खोल्न लागेको चर्चा बजारमा आएपछि चन्दले राप्रपा विभाजनको हल्ला निराधार भएको भन्दै प्रतिवाद गर्नुभएको हो ।lokendra_bdr_chand
भक्तपुरको लोकन्थलीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी चन्दले भन्नुभयो- ‘म पार्टी पंक्ति र जनता तथा राष्ट्रप्रति कति प्रतिबद्ध छु भन्ने कुरा जनता जनार्दनले बुझिसकेका छन् । आज हाम्रो पार्टी महाधिवेशनको मुखमा आएर केही व्यक्तिको गलत मनसायले मैले र राजेश्वर देवकोटाजीले पार्टी फुटाउने मनसायले निजी कार्यालय खोलेको भन्ने समाचारप्रति गम्भीर आपक्ति र ध्यानकार्षण भएको छ ।’
पार्टी विधानको मस्यौदा संयुक्त कार्य सम्पादनमा पेस नभएको र कार्यपत्रबारे टुंगो लाग्न अझै बाँकी रहेको भन्दै चन्दले कार्यपत्रबारे संयुक्त कार्य सम्पादनमा छलफल हुदा सर्वधर्म सापेक्ष हिन्दु राष्ट्र भन्ने बुँदामा केही साथीहरुको असहमति रहेको बताउनुभयो । तर, यसबारे अहिलेसम्म यसबारे छलफल गर्न कुनै समितिको बैठक नबसेको चन्दको भनाइ छ ।
‘महाधिवेशनमा प्रस्तुत गर्ने कार्यपत्र सबैको सहमतिबाट नै प्रस्तुत हुने हो यसर्थ कसैलाई संघीयता र गणतन्त्रको पक्षमा र कसैलाई विपक्षीमा भनी वर्गीकरण गर्ने कुरा पार्टीभित्र फुटको सृजना गरी आफ्नो दुनो सोझ्याउन खोज्ने केही नगन्य व्यक्तिहरुको कुत्सित प्रयास मात्र हो ।’ चन्दले बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर भन्नुभयो, ‘पार्टी फुटाउने भन्ने कुराको कुनै कतै चर्चा नभएको तथ्य प्रष्ट पार्दछु ।’

No comments:

Post a Comment