नायिका वेनिशा हमाल र केकी अधिकारीको प्रस्तुत तस्बिर हेर्दा धेरैले धेरै खालका अड्कल काट्न सक्छन् । तर वेनिशा र केकी एक अर्काका मिल्ने साथी हुन् ।

चलचित्र ‘महशुश’मा सँगै काम गर्न पाउँदा यि दुई खुशी पनि छन् । तर नायिका रिमा विश्वकर्मा नहँुदा केही खल्लो लागेको यि दुइको तर्क छ । एक कार्यक्रममा पुगेका केकी र वेनिशाले अनलाइनखबरको क्यामेरामा खुलेरै फोटोसेसन गराए ।


तर नायिका वेनिशा हमाल भने केकी प्रति ज्यादै नै नजिक देखिइन् । एक चलचित्रको लागि आफ्नो कपालको स्टाइल परिवर्तन गरेकाले पनि वेनिशाको लुक्स केही फरक देखिएको थियो । नेपाली नायिकाहरु सार्वजनिक कार्यक्रममा पहिरनमा खासै ध्यान दिने गर्दैनन् । तर केकी र वेनिशाको पहिरनलाई भने धेरैले तारिफ गरे ।


दुई नायिका कुनै सार्वजनिक कार्यक्रममा पुग्दा एक अर्काबिच कसले राम्रो पहिरन लगाउने भन्नेमा होडबाजी नै हुनेगर्दछ । महशुसले आयोजना गरेको कार्यक्रममा बेनिशा र केकीले यो कुरालाई लुकाउन खोजका थिए ।

No comments:
Post a Comment