१९ वैशाख, काठमाण्डौ । पछिल्लो तथ्यांकले हवाइ मार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या घटेको देखाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांक अनुसार यो वर्षको अप्रिल महिनामा हवाई मार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ८.९ प्रतिशत कम छ । तथ्यांक अनुसार अप्रिल महिनामा ५४ हजार १ सय १९ जना विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् ।
तथ्यांक अनुसार अपि्रल महिनामा चिनबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.६ प्रतिशतले बढेको छ । त्यस्तै मलेसिया, थाइल्याण्ड, अस्ट्रेलिया लगायतका देशबाट हुने पर्यटक आगमन बढेको छ भने जापान, दक्षिण कोरिया, सिंगापुर तथा युरोपेली पर्यटकको संख्यामा पनि कमी आएको छ ।
अध्यागमन कार्यालयका अनुसार अपि्रल महिनामा अन्तराष्ट्रिय विमानस्थलबाट ६६,१०७ जना विदेशी पर्यटक बाहिरिएका छन् । यो महिनामा ६२,४८८ जना नेपाली भित्रिएका र ७५,३२३ जना नेपाली बाहिरिएका तथ्यांकले देखाएको छ ।
No comments:
Post a Comment