स्वर्गीय लोकबहादुर क्षेत्रीको गीत जानी नजानी सारङ्गीमा रेट्दै थिए मंगल गन्धर्व । कालो कलेटी परेको सारङ्गी, फाटेको झोला, र ७ बर्षे छोरा लिएर दाङदेखि काठमाण्डौं पसेका छन उनी । सुकेको घाँटीले रन्किएको सारङ्गीको सुरमा स्वर मिलाउँदै भन्दै थिए –
सवै त्यागे मयाकै लागि
को होला र म जस्तो अभागी…
को होला र म जस्तो अभागी…
मंगलले गाएको गीतमा स्वर थप्छन् उनका ७ बर्षीय छोराले । घरमा भएका थप चार जनाको पेट भरिदिएको सारङ्गीले ।
चामल, पैसा र अरु सहयोग सजिलै हात थाप्ने मंगलको यो पुख्र्यौली पेशा हो । ‘शहर बजारमा छिःछिः र दूर दुर सहन पर्छ बाबै तैपनि गाम्न त छाड्न भएन नि मंगलले मनको बह पोखे । अनि फेरि कस्सिए सारङ्गी रेट्न ।
रानी बनमा नाँच्ने मजुर
भेट भयो बिहानै अव छुट्ने हजुर…
भेट भयो बिहानै अव छुट्ने हजुर…
No comments:
Post a Comment