अभिनेत्री स्मिता थपलिया अहिले चर्चामा छिन् । चलचित्र रोमान्समा हट दृश्य दिएका कारण उनको चर्चा चुलिएको हो । चलचित्रमा ती दृश्य कथामा माग भएकाले आफूले दिएको उनले बताइन् । ‘द लास्ट किस’, ‘लभ इज लाइफ’ चलचित्र अभिनयबाट आंशिक चर्चा कमाएकी स्मिता रोमान्सकै अभिनयले सबै माझ चिनिनसमेत सफल भइन् । चलचित्र रोमान्समा उनका केही उत्तेजक दृश्यसमेत छन् । चलचित्रमा यस्ता दृश्य कथाअनुसार आवश्यक र जायज भएको उनले बताइन् । चलचित्रमा मैले विवाहित महिलाको भूमिका निर्वाह गरेकी छु । उनले भनिन्, ‘श्रीमान् विदेश गएपछि परपुरुषसँग मैले खुलेरै रोमान्स गरेको भूमिका निर्वाह गरेको छु । यो भूमिकामा हट दृश्य आवश्यक जाहेज लाग्छन् । सानैदेखिको अभिनय मोहले आफूलाई कलाकारितामा तानेर ल्याएको बताउने उनको अभिनयलाई नै निरन्तरता दिने सोचाइ छ । पछिल्लो समय अभिनयमा भित्रिएका समकक्षी यो लाइन छोड्ने तरखरमा रहेको उनले पनि पाएकी छन् । आफ्नो यसै क्षेत्रमा संघर्ष गर्ने चाहना रहेको उनले खुलाइन् । त्यसो त ‘रोमान्स’का निर्देशक बिपी फुयाँलसँग उनको नाम जोडिएर बेलाबेलामा हल्ला हुने गरेका छन् । ‘बिपी मेरो अभिभावक हो । हाम्रो सम्बन्ध दाजुबहिनीको छ,’ उनले हल्लाको खन्डन गरिन् । चलचित्र रोमान्समा निकै हट देखिने स्मिता वास्तविक जीवनमा कतिको हट छिन् त ? वास्तविक जीवनमा आफू साधारण केटी भएको उनले सुनाइन् । नेपाली अभिनेतामध्ये जीवन लुइँटेल आफ्नो रोजाइको नायक भएको बताउने यी अभिनेत्रीको लुइटेलसँग अभिनय गर्ने मनको धोको छ । नेपाली चलचित्रका नायिकाहरूलाई प्रेम प्रस्ताव र डेटिङ अफर निकै आउने बजारमा हल्ला सुनिन्छ नि । प्रत्यक्षभन्दा पनि फेसबुकमा अधिकांशले डेटमा जाने अफर गर्ने गरेको उनले सुनाइन् । शरीरका सबै अंगमध्ये आफ्नै ओठ उनलाई सबैभन्दा सेक्सी लाग्छ रे । त्यस्तो सेक्सी ओठमा कतिका आँखा पनि त होला नि । आँखा लाउने धेरै छन् तर अहिलेसम्म कसैले चुम्र्ने मौका पाएका छैनन् । उनले भनिन्, ‘बिहेअघि त यो अवसर कसैले पाउँदैन पनि । पहिरनमा कुर्ता सुरुवाल मनपराउने यी अभिनेत्री परिकारमा भने त्यति सौखिन छैनन् । सौस
भिडियो हेर्न यो ↓तल बक्समा क्लिक गर्नुहोला...
No comments:
Post a Comment