BINDU SEX VIDEO

Friday 28 June 2013

ल्यापटपको ब्याट्रीको आयु कसरी बढाउने ?

लामो लोडसेडिङ, ल्यापटपमा गर्नुपर्ने काम थुप्रै । तर ल्यापटपको ब्याट्रीको चार्ज लामो समयसम्म नटिक्दा कसलाई पो सकस नपर्ला र ? बजारमा विभिन्न थरीका ल्यापटप छन् । किनेको सुरुताका सबैको ब्याट्री ब्याकअप राम्रै हुन्छ तर छोटो समयमै ब्याट्रीको काम खस्किन थाल्छ अर्थात् ब्याकअप घट्दै जान्छ ।

ब्याट्रीको चार्ज नखप्नु अर्थात् ब्याकअप राम्रो नदिनुमा एउटा कारण ब्याट्री पुरानो हुँदै जानु हो तथापि यसका अन्य कारणहरु पनि हुन्छन् । ल्यापटपको ब्याट्री कति खप्छ ? भन्ने कुरा प्रयोगकर्ताको हातमा पनि भर पर्छ । ल्यापटपको ब्याट्रीको आयू बढाउने केही टिप्सहरु यहाँ प्रस्तुत गरेका छौँ, जसलाई जो कोही ल्यापटप प्रयोगकर्ताले सजिलै व्यवहारमा उतार्न सक्छौँ :

· स्त्रिmनको चहकिलोपना अर्थात् स्त्रिmन लाइटलाई कम गर्नुहोस् । स्त्रिmनलाई जति धेरै चहकिलो बनाउनुहुन्छ उतिधेरै बढि उर्जा प्रयोग हुन्छ र ब्याट्रीको चार्ज छिटो सकिन्छ । किबोर्ड ब्याकलाइटिङ सिस्टम छ भनेपनि त्यसलाई अफ गर्नुहोस् ।

· ल्यापटपको युएसबी पोर्टमा घुसारेका पेन ड्राइभ जस्ता डिभाइसहरुले पनि ल्यापटपको उर्जा खान्छन् । त्यसैैले काम सकिएपछि त्यस्ता बाह्य डिभाइस निकालिहाल्नुपर्छ ।

· ल्यापटपलाई बढि तात्नबाट जोगाउनुहोस् । सकेसम्म हावा चल्ने स्टाण्डमा राखेर ल्यापटप चलाउनुहोस् । ओछ्यान वा काखमा राखेर ल्यापटप चलाउँदा ल्यापटपको भित्री भागमा हावा खेल्न पाउँदैन । जसका कारण ल्यापटप बढि तात्छ । तापक्रम बढ्दा ल्यापटपको आन्तरिक पंखा तिब्र गतिमा घुम्छ जसका कारण बढि उर्जा खपत हुन जान्छ र ब्याट्रीको चार्ज छिटो सकिन्छ ।

· तत्कालका लागि ल्यापटप चलाउनु भएको छैन, छिटै ल्यापटप चलाउनुपर्नेछ र सट डाउन गरिहाल्ने अवस्था छैन भने ल्यापटपलाई हाइबरनेट गर्नुहोस् । ल्यापटपलाई स्टाण्डबाई राख्न विना काममा उर्जा खपत हुन्छ तर हाइबरनेट गर्दा स्त्रिmन बन्द हुनगई उर्जा बचत हुन्छ ।

· विन्डोज अपरेटिङ सिस्टमबाट संचालित ल्यापटपमा पावर प्लान सेटिङ सेवा उपलब्ध हुन्छ । डिस्प्ले ब्राइटनेस, व्हेन टू टर्न अफ डिस्प्ले, हार्ड ड्राइभ, युएसबी जस्ता अप्सन दिइएको हुन्छ । यस्ता सेटिङको प्रयोगबाट विनाकारण हुने ब्याट्रीको उर्जाको खपत घटाउन सकिन्छ र ब्याट्रीको आयू बढाउन सकिन्छ ।

No comments:

Post a Comment