प्रश्नः म २१ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको भर्खरै हो । मेरा श्रीमान् अहिले विदेशमा हुनुहुन्छ । म यो समस्याबाट विवाहपूर्व नै पीडित थिएँ । म अलि पातली छु । मेरा स्तन अति नै साना छन् । म यही समस्याले गर्दा खुला रूपमा कुर्ता र साडीमा हिंड्न सक्दिनँ । जहिले पनि मलाई फोम भएको ब्राको आवश्यकता पर्छ । फोम भएको ब्रा नलगाई हिँड्दा पटक्कै सुहाउँदैन । यो समस्याले गर्दा ममा आत्मविश्वासको कमी छ । के पातली हुँदैमा स्तन साना हुन्छन् रु स्तन ठूला र आकर्षक बनाउन के गर्नुपर्ला रु केही घरेलु उपाय बताइदिनुहुन्छ कि भन्ने आशा लिएकी छु ।


उत्तरः स्तन शिशुका लागि दूध बनाउन मात्र होइन, यौनका दृष्टिकोणले पनि महत्त्वपूर्ण अङ्ग हो । किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ । स्तनसँग आत्मसम्मानको कुरा पनि जोडिएको हुन्छ । यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने कुरा अनुसन्धानहरूलेदेखाएका छन् ।
व्यक्तिअनुरूप स्तनको स्वरूप एवं आकारमा धेरै विविधता पाइन्छ । स्तनमा भएका तन्तुका आधारमा यो कुनै ठूलो वा सानो हुन्छ । सामान्यतयाः स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुरा निम्न छन्ः स्तनका तन्तुको मात्रा, पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्कन सक्ने गुण, रागरस ९हार्मोन० हरूको प्रभाव । स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । किशोरावस्थामा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र त्यति बेला यसका तन्तुहरू पनि निकै खाँदिएका हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ । उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ । स्तनको आकारमा वंशाणुगत प्रभाव एकातिर हुन्छ भने अर्कातिर पोषणको । यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्वपूर्ण छ । आमा र दिदीहरूको स्तनको आकार प्रकारसँग धेरै मिल्नु वंशाणुगत कारण हुनसक्छ ।
के पातली हुँदैमा स्तन पनि साना हुन्छन् रु
तपाईंले आफूलाई पातली भन्नुभए पनि तौल लेख्नुभएको छैन । शरीरको तौलअनुसार अन्य भाग जस्तो ठयाक्कै नहुने भए पनि तौल कम हुँदाको स्तन पनि सानो हुने स्थिति रहन्छ । हामी शरीरको द्ययमथ ःबकक क्ष्लमभह ९द्यःक्ष्० कति हेरेर तौल सामान्य भन्दा कम वा बढी भएको निक्यौल निकाल्छौं । सामान्यतः हामी वयस्क व्यक्तिको उचाइ र तौलका आधारमा शरीरमा कति ुबोसोु छ नाप्छौं । यसलाई द्ययमथ ःबकक क्ष्लमभह ९द्यःक्ष्० भनिन्छ । हुन त यो पद्धतिका पनि आफ्नै सीमितताहरू छन् । यो क्ष्लमभह यदि १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म छ भने त्यसलाई सामान्य तौल मानिन्छ । यो २५ देखि २९ दशमलव ९ सम्म भएको स्थितिमा तौल बढी भएको मानिन्छ भने यो ३० भन्दा बढी भएको स्थितिमा ुमोटोु ९यदभकभ० भनिन्छ । त्यसैगरी १८ दशमलव ५ भन्दा कम द्यःक्ष् भएको व्यक्तिलाई कम तौल भएको मानिन्छ । तपाईंको उचाइ ५ दशमलव ४ इन्च र तौल ४५ किलोग्राम छ, भने तपाईंको द्यःक्ष् यस्तै १७ हुन्छ । यो तौल सामान्यभन्दा कम हो । त्यसैले पोषणमा ध्यान दिनु राम्रो हुन्छ । पहिले तौल बढी भएर पछि घट्न गएको स्थितिमा पनि स्तनको आकारमा कमी आउनुका साथै कसिलोपनमा पनि कमी आउन सक्छ अर्थात् नरम हुनसक्छ । तौलमा थोरैमात्र उतार(चढाव हुँदा स्तनमा परिवर्तन नदेखिन सक्छ ।
No comments:
Post a Comment