BINDU SEX VIDEO

Wednesday 26 June 2013

महिलाहरुले सुरुमा पुरुषको के हेर्छन ???

सुन्दर वस्तु सबैलाई मन पर्छ । आँखाले प्रायः सुन्दर वस्तु नै खोज्छन् । गायिका आनी छोइङ डोल्माको लोकप्रिय गीत 'फूलको आँखामा फूलै संसार…' ले पनि दृष्टिकै वर्णन गर्छ । हेर्ने दृष्टिकोण फरक हुनसक्छ, तर हेर्नुपर्ने वस्तु एउटै भयो भने मानिसको पहिलो नजर केमा पर्ला ? आधुनिक समाजका ने पाली महिलाहरूको आँखामा के होला ? विवाहित तथा अविवाहित महिलाहरू पुरुषमा सबैभन्दा पहिले के हेर्न चाहन्छन् ? साप्ताहिकले करिब दुई दर्जन सेलिब्रेटी तथा केही छात्रामाझ पुरुषको कुन कुरा सबैभन्दा बढी हेर्छन् भनेर एउटा संक्षिप्त सर्वेक्षण गरेको थियो ।सर्वेक्षणका क्रममा एक युवती पहिलो नजरमा पुरुषमा के हेर्न चाहन्छिन् ? भन्ने ज्ञिजासा राखिएको थियो, जसको जवाफमा विविधता पाइएको छ । सहभागी सबै युवतीको जवाफ एकै ठाउँमा भेला पर्दा यस्तो निष्कर्ष निस्कियो- 'क्युट, फन्नी, गुड लुकिङ, स्मार्ट, खुसी दिन सक्ने, आत्मविश्वासी, पैसा भएको, राम्रो बडी ल्याङ्वेज तथा स्टाइलिस ।'

सर्वेक्षणले केही आश्चर्यजनक परिणाम पनि देखायो । सबै वर्गका महिला समेटिएको यो सर्वेक्षणमा झन्डै ८० प्रतिशत महिलाले पुरुषको व्यक्तित्वलाई सबैभन्दा बढी हेर्ने वस्तुका रूपमा लिएका छन् ।''
'झट्ट हेर्ने भनेकै पुरुषको समग्र व्यक्तित्व नै हो, दीपाश्री निरौला भन्छिन्- 'बोल्दै नबोली पुरुषको बानी-बेहोरा कस्तो छ भन्ने कुरा थाहा पाइँदैन । मेरो मात्र होइन, प्रायः सबैको पहिलो नजर पुरुषको व्यक्तित्वमै जान्छ । म त सबैभन्दा पहिले अर्थात् झट्ट हेर्दा पुरुषको आउटलुक राम्रो हुनुपर्छ भन्छु ।' दीपाश्रीका अनुसार पुरुष बाहिरबाट हाइफाइ भएर मात्र हुँदैन, भित्री आवरण पनि राम्रो हुनुपर्छ । नारीलाई इज्जत गर्छ कि गर्दैन, माया गर्ने स्वभावको छ कि छैन र मनको धनी छ कि छैन ? किनभने मलाई सफा मन भएका पुरुष मन पर्छन् ।
बिनिता बरालको धारणा केही पृथक् छ । उनको पनि पहिलो नजर त पुरुषको व्यक्तित्वमा नै छ, तर उनी पुरुषको महिलाप्रति हेर्ने दृष्टिकोण कस्तो छ भन्ने कुरामा पनि उत्तिकै ध्यान दिन्छिन् । 'पुरुषको पहिरनले पनि ऊ कस्तो परिवारको हो, कस्तो पेसामा छ भन्ने कुरा अनुमान गर्न सकिन्छ, बरालको तर्क छ- 'एउटी युवतीले पुरुषको आकर्षक व्यक्तित्वमा मात्र भर पर्नु हुँदैन, उसको पारिवारिक पृष्ठभूमि पनि हेर्नु उत्तिकै अनिवार्य छ ।'
जिया केसीको पहिलो नजर भने पुरुषको व्यक्तित्वमा त जान्छ नै, 'तर म उसको ड्रेसअपमा पनि म उत्तिकै ध्यान दिन्छु,' जिया भन्छिन्- 'पहिरनले नै पुरुषको व्यक्तित्व झल्काउने हुँदा उसले कस्तो पहिरन लगाएको छ, त्यसैअनुसार उसको बानीबेहोरा, पारिवारिक पृष्ठभूमि थाहा पाउन सजिलो हुन्छ ।''
सबी कार्की यो कुरामा अलि पृथक् छिन् । 'पहिलो नजरमा कुनै पनि पुरुष कस्तो छ भन्न गाह्रो छ,' सबी भन्छिन्— 'झट्ट हेर्ने त अनुहार नै हो, तर अनुहारले मात्र ऊ कस्तो प्रकारको मानिस हो, निक्र्योल गर्न सकिँदैन ।'
जयन सुब्बा मानन्धर भने आकर्षक अनुहार भएको पुरुषको व्यक्तित्व पनि आकर्षक हुने धारणा व्यक्त गर्छिन् । 'व्यक्तित्वचाहिं आकर्षक छ तर अनुहार हेर्नै नहुने छ भने त्यो व्यक्तित्वको कुनै अर्थ हुँदैन, जयनको तर्क छ- 'चकलेटी पुरुषमा सबैको नजर जान्छ भन्ने पनि होइन । तर कुनै पनि युवतीले पुरुषको अनुहारलाई नै बढी प्राथमिकता दिन्छन् जस्तो लाग्छ ।'
आगन्तुक खरेलको पहिलो नजर पुरुषको ड्रेसअपमा पर्छ । 'राम्रो ड्रेसअप गरेको पुरुषको व्यक्तित्व नै अलग हुन्छ,' आगन्तुक भन्छिन्- 'त्यसैले म पहिले उसको ड्रेसअप हेर्छु अनि मात्र व्यक्तित्व । अनुहारचाहिं तेस्रो स्थानमा पर्छ । चौथो र पाँचौं स्थानमा उसको पारिवारिक पृष्ठभूमि तथा सवारी साधन
पनि पर्छ ।''

No comments:

Post a Comment