BINDU SEX VIDEO

Wednesday 10 July 2013

अब किस गर्ने समय चार सेकेन्ड मात्र

चलचित्र किन किनमा केही कलाकारको चुम्बन दृश्य करिब १० सेकेन्डको थियो । सो दृश्यलाई लामो भयो भनेर चलचित्र सेन्सर बोर्डले छोट्ट्याउन लगाएको छ । किन किन मात्र होइन । अहिले चलचित्र सेन्सर बोर्डले सबै नेपाली सिनेमाका चुम्बन दृश्यमा आफ्नो कैंची चलाउन थालेको छ । चलचित्र सेन्सरसम्बन्धी हालै आएको नयाँ नियमावलीले चलचित्रमा चार सेकेन्डभन्दा लामो चुम्बन राख्न नपाउने तय गरेको छ ।
सो नियमावली आएपछि सेन्सर बोर्डले नेपाली सिनेमालाई घडी हेरेर चार सेकन्डभन्दा बढी चुम्बन दृश्य राख्न दिँदैन । केही वर्षअघिसम्म यस्ता चुम्बन दृश्य १५ सेकेन्डसम्म राख्न पाइन्थ्यो । त्यसपछि सो दृश्यलाई कटौती गरेर ९ सेकेन्डमा झारियो । ९ सेकेन्डको चुम्बन दृश्य पनि अश्लील लाग्न थालेको ठहर गर्दै सरकारले यस्ता दृश्यलाई चार सेकेन्डमा सीमित गरेको हो ।
कथाले मागेका चुम्बन दृश्यलाई चार सेकेन्डभित्र देखाइसक्नुपर्ने सेन्सरसम्बन्धी नियमावलीले तोकेपछि चलचित्रकर्मी सकसमा छन् । चार सेकन्डमा चुम्बनको संकेतिक दृश्य पनि राम्ररी प्रस्तुत गर्न नसकिने चलचित्रकर्मीको ठहर छ । पुरुष चलचित्रकर्मीले मात्र होइन, महिला चलचित्रकर्मीले पनि सेन्सर बोर्डमा बस्नेहरूले चुम्बनको महŒव नबुझेको टिप्पणी गरेका छन् । हरेक चुम्बनलाई चार सेकेन्डमा समेट्न नहुने उनीहरूको कथन छ । यसै, प्रसंगमा महिला निर्देशक सुचित्रा श्रेष्ठले भनिन्, ‘चुम्बन भनेको मायाको अभिव्यक्ति हो ।
माया यति समयभित्र गरिसक्नुपर्छ भनेर सीमा तोकिँदा के त्यो माया सार्थक हुन्छ त ?’ तसर्थ चलचित्रको कथामा बाँधिएर हेर्ने हो भने चार सेकेन्डमा चुम्बनको दृश्य प्रस्तुत गर्न नसकिने उनको भनाइ छ । चार सेकेन्डले चुम्बन छ भन्ने जनाउ मात्र हुने सुचित्राले बताइन् । कतिपय चुम्बनको संकेतले मात्र कथा सार्थक नहुने तर्कसहित निर्देशक श्रेष्ठले भनिन्, ‘त्यसैले चार सेकेन्डभन्दा लामो चुम्बन दृश्य चलचित्रमा चाहिन्छ ।’ प्रेम झल्काउने चुम्बनलाई चार सेकेन्डमा सीमित गर्न नहुने उनको सुझाव छ ।
यदि, अश्लील लाग्ने चुम्बन दृश्य छ भने त्यसलाई सेन्सरले काट्नुपर्ने र प्रेम झल्काउने छ भने केही समय दिनुपर्ने यी निर्देशकले बताइन् । यसअघि सेन्सरमा बसिसकेकी निर्देशक श्रेष्ठले भनिन्, ‘पहिला ९ सेकेन्डसम्म चुम्बन
राख्न पाइन्थ्यो ।
तर, चुम्बन सभ्य र माया प्रेमको भाव झल्काउनेछ भने त्यसलाई हामीले १५÷२० सेकेन्डसम्म पनि राख्न दिएका थियौं ।’ यस्तै, निर्देशक आकाश अधिकारी चलचित्र नबुझेको सरकारले ल्याएको यो नीतिप्रति दुःखी छन् । सिनेमै नबुझेको व्यक्तिलाई सेन्सर बोर्डमा लगेर थोपरेपछि सेन्सरको मूल्य र मान्यतामै कुठाराघात भएको उनको प्रतिक्रिया छ । ‘चुम्बन दृश्य केका लागि राखिन्छ र किन प्रस्तुत गरिन्छ ? कुन ठाउँमा चुम्बन दृश्य आवश्यक छ ? त्यति पनि बुझ्न नसक्ने व्यक्तिहरू सेन्सरमा भएकाले नेपाली सिनमाबाट चुम्बन दृश्य लोप हुने अवस्था आएको हो,’ उनले भने ।
सबै चुम्बन दृश्यले उत्तेजना फैलाउने भ्रममा सरकारी निकाय र सेन्सर बोर्डका पदाधिकारी रहेका निर्देशक अधिकारीले बताए ।
क्रिस्चियन धर्ममा विवाह गरेपछि सार्वजनिक रूपमा चुम्बन गरेन भने उनीहरूलाई दम्पती मानिदैन । के त्यस्तो अस्थामा श्रीमान् श्रीमतीको चुम्बन अश्लील भयो भनेर चार सेकेन्डमा सीमित गर्ने ?’ यस्तो अवस्थामा नयाँ दम्पतीको चुम्बन जति लामो हुन्छ, प्रेम सम्बन्ध उति गाढा हुन्छ भन्ने मान्यता छ । त्यसैले चुम्बनलाई अश्लील रूपमा मात्र लिएर चार सेकेन्डमा सीमित राख्न नहुने उनले बताए ।
‘चुम्बन उत्तेजना फैलाउने किसिमको हो कि, प्रेमभवको हो ? यति पनि बुझ्ने क्षमता सेन्सरमा बस्ने व्यक्तिमा नभएकाले सेन्सरमा चलचित्रकर्मी नै हुनुपर्छ भनेर हामीले माग गरेका हौं,’ अधिकारीले भने, ‘एउटा श्रीमान्ले श्रीमातीलाई चुम्बन दिएर घरबाट बाहिर निक्लन्छ ।
त्यो चुम्बन चार सेकेन्डभन्दा लामो हुनासाथ काट्ने ?’
घरमा परिवारसँग बसेर टिभीमा विदेशी सिनेमा चुम्बन दृश्य हेरेर रमाउनेहरूले नेपाली सिनेमामा चुम्बन काटेर नाटक गरेको निर्देशक अधिकारीको ठहर छ ।


No comments:

Post a Comment