BINDU SEX VIDEO

Tuesday 2 July 2013

पहिलो छोरी दशैंमा जन्माउँदैछु: रेखा थापा

‘शोषित, पीडित र पछि पारिएका नारीको शक्ति स्वरुपा हो काली । अब नारी कुनै कुरामा पछि छैनन्, सधै दासी बनेर बस्ने दिन गए ।’

शनिवार दिउँसो बुढानिलकण्ठको मह स्टुडियोमा नायिका रेखा थापा बन्दुक तेर्स्याउँदै यही भनिरहेकी थिइन् । अहिले चलचित्र कालीको सुटिङ चलिरहेको छ जसमा रेखा थापाको मात्र लगानी छ ।


छवि ओझासँग पारिवारिक र ब्यवसायिक सम्बन्ध तोडेकी रेखाले आउँदो दशैंमा छविको चलचित्र ‘लोफर’ सँगै प्रदर्शन हुनेगरी ‘काली’ शीर्षकमा चलचित्रको निर्माण गरिरहेकी छिन् । उनै रेखा थापासँग सुटिङ्ग स्पटमै उज्यालो अनलाईनका लागि अर्जुनकुमार संग्रौलाले गरेको कुराकानी:
चलचित्र ‘काली’ले के बोल्छ ?

कालीले आम नेपाली महिलाको पिडा बोल्छे । उ एउटा सशक्त महिला हो । हेपिएका, पछाडि पारिएका महिला, अवाजविहीन महिलाको कथा हो काली । परिआएको खण्डमा एउटी नारी काली बनेर समाज परिवर्तन गर्न पनि पछि पर्दिन, यही नै कालीले बोल्छे ।

सामाजिक तिरस्कारमा होइन कि सबै महिला सशक्त भएर बाँच्नुपर्छ भन्ने सन्देश चलचित्रले दिन्छ ।
काली त तपाईको पहिलो छोरी होइन त ?

पक्कै पनि । रेखा थापाले आठ बर्षको दौरानमा रेखा फिल्मसको ब्यानरबाट धेरै छोराहरु जन्माई । यो कुरा त सबैलाई थाहा छँदै नै छ । अजम्बरी नाता, हिम्मत, किस्मत, रावणदेखि हमेशासम्म आइपुग्दा छोराहरु जन्माएकी मैले पहिलोपटक एउटी छोरी जन्माउँदैछु, त्यो काली हो ।

काली यतिबेर गर्भमा छिन् अब दशैंमा स्वस्थ रुपमा जन्मिन्छिन्, सबैको प्यारो बन्नेछिन् । मानिसहरु ढिलो होस छोरो होस् भन्छन् तर म भन्छु ढिलो होस छोरी नै होस् । अझ काली नै होस तर सबैको प्रिय होस् ।
छवि बिनाको काली कस्तो होला ?

हेर्नुस, काली या गोरी सबैको आआफ्नै छवि हुन्छ । फेरि कालीलाई धर्मशास्त्रमा जुन किसिमले ब्याख्या गरिएको छ, त्यो आफैंमा सशक्त छ । मैले आफ्नो तर्फबाट चलचित्रको लागि रात दिन मेहनत गरिरहेकी छु ।

र, तपाईले अर्को छवि (ड्याडी) को कुरा गर्न खोज्नुभएको हो भने एउटा महिला पुरुष बिना काली बन्न सक्छे तर एउटा पुरुष महिला बिना लोफर बन्न पनि सक्छ । अब तपाई आफै मुल्याँकन गर्नुस् कालीलाई छवि चाहिन्छ या चाहिदैन ?
‘काली’लाई ‘लोफर’सँग भिडाउने नै हो ?

चलचित्र रिलिजको डेट कसैको पेवा होइन । आफ्नो हिसावले म पनि चलचित्र चाँडै  रिलिज गर्ने भनेर काम गरिरहेकी छु । लोफरसँग नै भिडाउनु भन्दा पनि हलको उपलब्धता र रिलिजको उपयुक्त डेटको हिसावले संयोग पर्न सक्छ ।

अब भिड्नु नै परेछ भने पनि के फरक पर्‍यो र ? काली लोफरसँग जुध्छे । हिजो कत्रा कत्रा राक्षसहरुको त विनाश गरि कालीले भने लोफरसँग किन डराउनु पर्‍यो र ?
ड्याडी (छवि) को माया लाग्दैन ?

अफकोर्स । छवि आफ्नो ठाउँमा हुनुहुन्छ, ब्यवसाय आफ्नो ठाउँमा हुन्छ । सम्बन्ध र ब्यवसाय अलग अलग पाटा हुन् । ब्यवसायमा आफ्नै आमाबुवासँग त प्रतिस्पर्धा हुन्छ भनें उहाँसँग मेरो प्रतिस्पर्धा हुनु कुनै नौलो कुरो होइन । फेरि प्रधिस्पर्धा देखि डराउने मानिस पनि होइन रेखा थापा ।
आर्यन सिग्देल इन्ट्री भएपछि छविसँग तपाईको ब्यवसायिक सम्बन्ध सकिएको हो ?

त्यस्तो होइन । म नारीप्रधान चलचित्रमा मात्र काम गर्छु । चलचित्रको लिड रोल मेरो नै हुनुपर्छ । हिरोको वरिपरि नाच्ने रोल गर्ने चाहना अव छैन ।

उहाँको चलचित्रमा मेरो लिड रोल नहुने भएरै काम नगरेको हो । फेरि, आर्यन, सार्यन को को इन्ट्री गर्‍यो भन्ने कुराले मेरो लागि त्यति महत्व राख्दैन । ड्याडी (छवि) लाई म रेस्पेक्ट गर्छु, तर पनि ब्यवसायिक सम्बन्धमा सधैं एकैनाश हुन्छ भन्ने छैन । उहाँले मलाई धेरै कुरा सिकाउनुभएको छ त्यसको लागि म सधैं आभारी हुनेछु ।स्रोत ©उज्यालो अनलाइन
पछिल्लो समयमा तपाईका कुराको धेरै आलोचना हुने गरेको छ नि ?

त्यसलाई म आलोचना भन्दिन । सञ्चारमाध्यम र दर्शक स्रोतको मायाको रुपमा लिएकी छु । मलाई बदनाम गराउन त्यसो गरिएको हो भन्ने लाग्दैन । राम्रो नराम्रो जे जस्तो कुरा भएता पनि त्यसले मलाई सञ्चारमाध्यममा राम्रै स्थान दिइरहेको छ ।

मनमा मेरो पाप छैन । मनमा जे लाग्छ त्यही बोल्छु, क्षणिक रुपमा त्यसले कसैलाई चोट पुगे जस्तो होला तर कालान्तरमा रेखा सही हो भन्ने बुझ्नुहुनेछ । र अर्को कुरा, सञ्चारकर्मीहरुले मलाई साहै्र माया गर्नु हुन्छ, त्यसैले मेरो सानो सानो कुरा पनि वहाँहरुले निगरानीमा राखिदिनुभएको हो ।
करियरको पिक प्वाइन्टमा एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभयो, तपाई अब एउटा पार्टीकी मात्र नायिका हो ?

कुनै पनि पेशामा आवद्ध भएको मानिसको पेशा एक ठाउँमा हुन्छ विचार र आस्था भनेको आफ्नो ठाउँमा हुन्छ । मलाई भोली समाज र देशको सेवा गर्न कुनै पनि प्लेटफर्म त चाहिन्छ नै ।

कुनै विचारसँग आवद्ध भएर अगाडि बढ्नुपर्ने नै हुन्छ । त्यसैले मेरो विचार पनि मिलेकोले म एमाओवादी पार्टीमा प्रवेश गरेकी हुँ । फेरि, रेखा स्वार्थी केटी पनि होइन कि आफ्नो स्वार्थ पुर्ति गर्नको लागि उसले पार्टी प्रवेश गरोस् । देश र जनताको सेवा गर्नकै लागि भनेर यो कदम उठाएकी हुँ ।

तर पर्दाभित्रकी रेखा सबैको हो भन्न चाहन्छु । मलाई सबै पार्टी र विचारधारा भएका दर्शकको साथ र मायाले गर्दा नै आज म यो स्थानसम्म आएकी हुँ । पार्टी प्रवेश गरें भन्दैमा इन्डष्ट्री छोडीहाल्ने पनि होइन । चलचित्र क्षेत्रबाटै सबैको मन जित्नेछु । ढुक्क हुनुहोस् पर्दाकी रेखाले राजनीति गर्दिन ।
कालीमा पनि पार्टीकै पैसा लगानी भएको सुनिन्छ नि ?

रेखा थापाले चलचित्र खेल्न थालेको १२ बर्ष भईसक्यो । यो अवधिमा मैले सयौं चलचित्रमा काम गरिसके । सबैले आज नम्वर वान नायिका पनि भन्छन् । चलचित्रमा काम गरेको पनि अरुभन्दा राम्रै पारिश्रमिक लिन्छु ।

जाबो एउटा चलचित्र बनाउने तीस चालिस लाख रुपैयाँ रेखा थापासँग छैन होला त ? तपाई आफै अन्दाज लगाउनुस् । कुरा काट्नेहरुले जे पनि भन्छन् । रेखाले एमाओवादी पार्टी प्रवेश गर्‍यो भन्दैमा चलचित्रमा पार्टीको लगानी छ भन्नु सरासर झुट हो । ढुक्क हुनुहोस्, चलचित्र काली रेखा थापाको मेहनतको कमाईबाट बनेको हो ।
तपाई संविधान सभाको चुनावमा उठ्दै हुनुहुन्छ हो ?

रेखाको मनमा पनि अभिनेत्रीबाट नेतृ बन्ने चाहना त छ तर अहिलेनै के होला भन्न सक्ने स्थिति छैन । चलचित्र काली सुटिङको दौरान तराईका विभिन्न क्षेत्रहरुको भ्रमण गरेकी छु । सबैले हाम्रै क्षेत्रबाट चुनाव लड्नुस् भन्नुहुन्छ । यो देख्दा निक्कै खुशी भने लाग्छ । आखिर यो त उहाँहरुको म प्रतिको माया हो नि । यदि पार्टीले योग्य सम्झेर जिम्मेवारी दिएको खण्डमा भने जिम्मेवारी लिन तयार छु

No comments:

Post a Comment